स्वास्थ्य

मेवाको पातको जुस पिउनुहोस्, क्यान्सर भगाउनुहोस्

मेवाको पातको जुस पिउनुहोस्, क्यान्सर भगाउनुहोस्


एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ ।

मेवाको पातको जूस यदि तपाईले पिउनु भएको छ भने राम्रो हो र पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् । किनकी मेवा खानुको साथै मेवाकोे पातको जूसले धेरै प्रकारका रोगहरुबाट छुट्कारा पाउन सकिन्छ । उसो त डेङ्गु र चिकनगुनियाका रोगिहरुलाईं मेवाको पातको जूस पिउन सल्लाह दिन्छन् ।
तपाई जीवनभर स्वस्थ रहन चाहनुहुन्छ भने आफ्नो नियमित डाइटमा मेवाको जूसलाई सहभागि गराउन सक्नु हुन्छ ।

जानौँ, मेवाको पातको जूस पीउनुको फाइदा

१. क्यान्सर कोषलाई बढ्न दिदैँन

मेवाको पातमा क्यान्सरसँग लड्ने गुण हुन्छ । जसले इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ , र सर्भाइकल क्यान्सर, स्तन क्यान्सर जस्ता क्यान्सरका कोषहरुलाई उत्पन्न हुनबाट जोगाउँछ ।

२. इन्फेक्शनबाट बचाउँछ

शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ । यसले रगतमा सेतो रक्त कोषिका (व्हाईट व्लड सेल्स) र प्लेटलेट्सलाई पनि बढाउनमा मद्दत गर्छ ।

३. डेंगूको लागि रामबाण

औषधि डेंगू र मलेरिया सँग लड़नमा मेवाको पातको जूस धेरै नै लाभकारी हुन्छ । यसले ज्वरोको कारण कम हुँदै गएको प्लेटलेट्सलाई बढाउनुका साथै शरीरमा कमजोरी हुन दिदैँन ।

४. महिनावारीको समय दुखाईबाट बचाउँछ

महिनावारीको समय हुने दुखाई धेरै नै खतरनाक हुन्छ र यस अवस्थामा हुने दुखाईमा मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर काढ़ा बनाउने । त्यसपछि त्यो काढालाई सेलाएर पिउनाले दुखाईमा राहत प्राप्त हुन्छ ।

५. रगतको कमीमा लाभदायक

मेवाको पातको जूस औषधि भन्दा कम हुँदैन । यदी तपाईको रगतमा प्लेटलेट्स कम हुँदैछ भने मेवाको पातको जूस पिउन सक्नु हुन्छ । मेवाको पातको जूस तपाई दैनिक दुई चम्मचा तिन महिनासम्म पिउनुभयो भने तपाईको रगतमा प्लेटलेट्सको मात्रा चाँडै नै बढेर जान्छ ।

विशेष