मनोरञ्जन

मौसमले साथ नदिएपछि अन्यौलमा ‘कृ’, अनमोललाई हेर्न अझै दुई महिना कुर्नु पर्ने !

मौसमले साथ नदिएपछि अन्यौलमा ‘कृ’, अनमोललाई हेर्न अझै दुई महिना कुर्नु पर्ने !

काठमाडौं । फिल्म नायक अनमोल केसीको यस वर्षको बहुप्रतिक्षित फिल्म हो ‘कृ’ । फिल्मको रिलिज मिति तीन पटकसम्म ‘पोस्टपोन्ड’ हुँदा दर्शकहरु अझै अन्योलमा परिरहेका छन् । फिल्मका निर्मातासमेत रहेका अभिनेता भुवन केसीले नेपाल आजसँगको कुराकानीमा मौसमले साथ नदिएको कारण फिल्म सुटिङ हुन नपाएको बताए ।

फिल्म फ्लोरमा जानुअघि रिलिज मिति भदौ १६ तोकिएको थियो । छायांकनको समयमा रिलिज मिति भदौ ८ र फस्र्ट लुक पोस्टर सार्वजनिक गरिसकेपछि भने कात्तिक ३ गतेलाई तोकिएको थियो । तर, कुनै पनि मितिमा फिल्म रिलिज हुने टुंगो नहुँदा दर्शक निराश बनेका छन् ।

निर्माता तथा अभिनेता भुवन कसीले भने, ‘मौसमको खराबीका कारण फिल्मको सुटिङ पूर्ण रुपमा हुन पाएको छैन । जे पायो त्यही गरेको भए हामीले रिलिज गरिसक्थ्यौं । अलि राम्रै देखाउने प्रयास गरेका कारण समय लाग्न सक्छ । अबको एक दुई महिना भित्रमा फिल्म रिलिज गर्ने तयारी छ ।’

अनमोलको दुई वर्ष पछि आउन लागेको फिल्म हुनाले पनि फिल्म प्रतिक्षित बन्न पुगेको हो । यसअघि फिल्मको फस्र्ट लुकलाई पनि अत्यन्तै मन पराइएको थियो ।

सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको फिल्मलाई सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा बनाएका हुन् । फिल्ममा अनमोलसँगै आदिती बुढाथोकी, अनुप विक्रम शाही, सरोज खनाल, कामेश्वर चौरासिया, रुपा राना, लक्ष्मी गिरीलगायतको अभिनय रहेको छ ।

 

विशेष