रानी मुखर्जीको बुवाको निधन
मुम्बई (एजेन्सी) । बलिउड नायिका रानी मुखर्जीका बुवा राम मुखर्जीको आइतबार बिहान ४ बजे निधन भएको छ । उनी केही दिनदेखि बिरामी थिए । उनलाई मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो ।
हिन्दी फिल्ममा रामको आफ्नै परिचय छ । उनी बंगाली फिल्मका निर्माता निर्देशक र लेखक पनि हुन् । उनी मुम्बईस्थित हिमालया स्टुडियोका संस्थापक पनि हुन् ।
हम हिन्दुस्तानी (१९६०), लिडर (१९६४) जस्ता फिल्ममा उनले निर्देशन गरेका थिए । उनकी छोरी रानीले १९९६ मा बंगाली फिल्म ‘बियेर फूल’ मार्फत डेव्यु गरेकी थिइन् । लगत्तै उनले हिन्दी फिल्म ‘राजा कि आएगी बारात’ मा अभिनय गरेकी थिइन् । यो फिल्म पनि रामको होम प्रोडक्सनबाटै बनेको थियो । रामकी श्रीमति प्लेब्याक गायिका हुन् । उनको छोरा राजा अभिनय र निर्देशनमा सक्रिय छन् ।
rani mukherjee