खेल

नेपाली खेलाडीले थाइल्याण्डमा २१ पदक जिते

नेपाली खेलाडीले थाइल्याण्डमा २१ पदक जिते

काठमाडौँ । नेपाली तेक्वान्दाे टिमले थाइल्याण्डमा सम्पन्न सातौँ तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशीपमा ६ स्वर्ण, ६ रजत र ९ कास्यगरी कुल २१ पदक जितेको छ ।

थाइल्यान्डको बैंककमा सम्पन्न च्याम्पियनशीपमा नेपालले फाइट र पुम्सेमा समान ३–३ स्वर्ण गरि कुल ६ स्वर्ण हात पारेका हुन् । फाइटतर्फ अजित गुप्ता तेली, रेखमाया गुरुङ र पार्वती गुरुङले स्वर्ण जिते । फाइनलमा अजितले पुरुष ४६ केजीमा चीन, रेखमायाले महिला ६७ केजीमूनिमा इन्डोनेसिया र पार्वतीले महिला ५३ केजीमूनिमा श्रीलंकालाई हराउँदै स्वर्ण जितेका हुन् ।

त्यस्तै पुम्सेतर्फ नरमाया गुरुङ,जस्मीन गुरुङ र सन्ध्या थापाले स्वर्ण जितेका छन् । फाइनलमा नरमायाले १४ वर्षमूनिमा भारत, जस्मीनले १४ वर्षमाथिमा चीन र सन्ध्याले ४६ केजीमुनिमा ओमानलाई स्तब्ध पारे ।

फाइटमै मनकुमारी गुरुङ र मेलिना गुरुङ तथा पुम्सेमा दीपीसा गुरुङ,डेबिड थापाकला, अजित गुप्तातेली र पार्वती गुरुङले रजत पदक हात पारे भने आर्यन पौडेल, सागर बराल, ललित बुढामगर, दीपम थकाली, प्रवेश पण्डित र पुम्सेमा आर्यन पौडेल, सुलभ सिम्खडा, दीपम थकाली र रिेखमाया गुरुङले कास्य पदक जितेका छन् ।

Taekwondo nepal

विशेष