खेल

बार्सिलोनाको अपराजित यात्रा कायमै, मालागालाई २–० गोल अन्तरले हरायो

बार्सिलोनाको अपराजित यात्रा कायमै, मालागालाई २–० गोल अन्तरले हरायो


काठमाडौ । स्पेनिस ला लिगामा बार्सिलोनाले मालागा २–० गोल अन्तरले पराजित गरेको छ ।

इनिस्टाले ५६ मिनेटमा लिओनल मेसीको पासमा गोल गरे । उनको दुई वर्ष यताको पहिलो गोल हो । मालागा विरुद्धको जितसँगै बार्सिलोनाले अंक तालिकामा ९ खेलबाट २५ अंक जोड्दै शीर्ष स्थान यथावत राखेको छ।

बार्सिलोनाका लागि पहिलो गोल गेरार्ड डेउलोफेउले गरे । उनले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेका थिए । जुन गोल विवादास्पद बन्न पुग्यो । लुकास डिग्नेले टच लाईनभन्दा बाहिरबाट दिएको पासमा डेउलोफेउले गोल गरेका थिए ।

विशेष