मुख्य समाचार

पुनर्निर्माण प्राधिकरणबाट पोखरेलको राजीनामा, रामचन्द्रका सम्धी नयाँ सीईओ नियुक्त

पुनर्निर्माण प्राधिकरणबाट पोखरेलको राजीनामा, रामचन्द्रका सम्धी नयाँ सीईओ नियुक्त

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले सो पदमा युवराज भुसाललाई नियुक्त गरेको छ।

प्युठानबाट प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेसबाट नाम सिफारिस भएपछि कार्यवाहक सिइओ पोखरेलले राजीनामा दिएका थिए। भुसाल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन्। उनी यसअघि पनि पटकपटक सरकारी लाभको पदमा पुगेका थिए। पौडेलको सम्धी भएकै कारण अर्थ सचिवबाट अवकाश पाएको २०७१ साल साउन ९ गते प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा नियुक्ति पाएका थिए। अर्थ मन्त्रालयमा सचिव समेत भएका भुसालले राजनीतिक नियुक्ति पाएको दोस्रो पटक हो।

को हुन् भुसाल

भुसाल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् ।  उनी यसअघि पनि पटकपटक सरकारी लाभको पदमा पुगेका थिए। पौडेलको सम्धी भएकै कारण अर्थ सचिवबाट अवकाश पाएको २०७१ साल साउन ९ गते प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा नियुक्ति पाएका थिए। अर्थ मन्त्रालयमा सचिव समेत भएका भुसालले राजनीतिक नियुक्ति पाएको दोस्रो पटक हो।

पूर्व सचिव भुसाल पोखरेल नियुक्त हुने समयमा पनि सिइओ हुने दौडमा थिए। तर उनी अन्तिममा असफल भए। २०७३ पुसमा सरकारले प्राधिकरणका सिइओ ज्ञवालीलाई बर्खास्त गरेको थियो। उनको बर्खास्तीपछि मन्त्रिपरिषद् बैठकले नयाँ सिइओमा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणसम्बन्धी ऐनअनुसार ज्ञवालीलाई नियुक्त गरेका थिए। ऐनको दफा ११ ९३० ले ऐनअनुसार प्रमुख कार्यकारीको अवधि पाँच वर्षको हुने र एक वर्ष थप गर्न सक्ने व्यवस्था गरेको छ। तर चित्तबुझ्दो काम नगरेमा हटाउने पनि सोही ऐनले दिएको छ। यही कानुनलाई आधार मानेर कांग्रेस–माओवादी गठबन्धनले ज्ञवालीलाई हटाएको थियो। तर पोखरेलले भने आफैले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

विशेष