मनोरञ्जन

धमला पत्नि नायिका भएको मन नपरेर अनुराग छाँडे : पल शाह

धमला पत्नि नायिका भएको मन नपरेर अनुराग छाँडे  : पल शाह


काठमाडौं । अहिले एक–दुइवटा चलचित्र हिट हुने वित्तिकै कलाकारले चर्को पारिश्रमिक डिमाण्ड गर्ने लहर नै चलेको छ ।

नायक पल शाहले पनि ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि आफ्नो पारिश्रमिक चर्को डिमाण्ड गर्न थालेका छन् । एलिजा गौतमको मुख्य भूमिका र निर्माणमा बन्न लागेको चलचित्र ‘अनुराग’का लागि पनि उनले १८ लाख पारिश्रमिक मागेको चर्चा भयो । चलचित्रमा उनी काम गर्न तयार पनि भए र केही समयमै चलचित्र छाडेको पनि बताए ।

पलले चलचित्र छाडेपछि अहिले निर्देशक सत्यराज चौलागाइले समुन्द्र पण्डितलाई मुख्य नायकको रुपमा अनुवन्धित गरिसकेका छन् । चलचित्र छाड्नुको कारण के त, पलले भने ‘कथा चलचित्रको राम्रो छ । तर, उक्त कथा अनुसार चलचित्र बन्छ भन्नेमा म ढुक्क नै भइनँ ।’ पलले आफूलाई टिम पनि चित्त नवुझेको बताए ।

पारिश्रमिकको बिषयमा पलले भने ‘मैले मागे जति नै पारिश्रमिक पाएको थिएँ । तर, पैसा मात्र सबैथोक होइन रहेछ । मलाई चलचित्रको कथा अनुसार बन्छ भन्ने नै विश्वास भएनँ ।’

विशेष