देश

तीन दिन देखि बेपत्ता बालकको शव वीभत्सरुपमा फेला

तीन दिन देखि बेपत्ता बालकको शव वीभत्सरुपमा फेला

लहान। सिरहा कर्जन्हा नगरपालिका–२ बन्दीपुरबाट तीन दिनअघि हराएका एक बालकको वीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

स्थानीय कुसुम यादवका ११ वर्षीय छोरा अशेष यादवको वीभत्स तरिकाले हत्या गरि घर नजिकैको कमला नहरको नर्सरीमा फालिएको अवस्थामा फेला परेको सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।

गत कात्तिक ३ गते घरैबाट बालक हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । परिवारको उजुरीपछि खोजतलासको क्रममा प्रहरीले आइतबार साँझ ७ बजेतिर बालकको टाउकोदेखि तलको भाग र सोमबार बिहान टाउको फेला परेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

बालकको कसले र किन हत्या गरिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । ९

विशेष