खेल

फिफा वर्ष खेलाडीको अवार्ड आज वितरण गरिदैं, मेसीले रोनाल्डोलाई पछि पार्लान ?

फिफा वर्ष खेलाडीको अवार्ड आज वितरण गरिदैं, मेसीले रोनाल्डोलाई पछि पार्लान ?

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले वर्षका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकको अवार्ड आज राति सार्वजनिक गर्दैछ। लन्डनमा हुने अवार्ड समारोह नेपाली समय अनुसार राति सवा १२ देखि सुरु हुनेछ ।

अवार्डका लागि फिफाले गत महिना ८ विधाको अन्तिम मनोनयन सार्वजनिक गरेको थियो ।

वर्षको उत्कृष्ट पुरुष खेलाडीमा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टायन फरवार्ड लिओनल मेसी, अर्को स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका ब्राजिलियन फरवार्ड नेइमारबीच प्रतिस्पर्धा हुँदैछ ।

रोनाल्डोले गत वर्ष पनि अवार्ड जितेका थिए। रोनाल्डोले चार पटक अवार्ड जितिसकेका छन भने मेसीले अहिलेसम्म पाँच पटक हात पारेका छन्। नेइमारले भने अहिलेसम्म अवार्ड जित्न सकेका छैनन् ।

रियल म्याड्रिडले गत सिजन ला लिगा तथा च्याम्पियन्स लिग जित्दा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए। मेसी र नेइमारले गत सिजन बार्सिलोनाबाट खेलेका थिए। मेसी र नेइमारको बार्सिलोनाले ला लिगा तथा च्याम्पियन्स लिगको उपाधि भने जित्न सकेन ।

विशेष