समाज

भैली खेलेको रकमबाट विद्यालयमा सौर्य बत्ती

भैली खेलेको रकमबाट विद्यालयमा सौर्य बत्ती

जाजरकोट । यहाँको कुशे गाउँपालिका–५ स्थित रामचन्द्र प्राथमिक विद्यालयलाई भैली खेलेको रकमबाट सहयोग स्वरुप सौर्य बत्ती उपलब्ध गराइएको छ । 

स्थानीय पाँचकाटियाका युवा–युवतीले भैली खेलेर जम्मा गरेको रु ४० हजार बराबरको रकमबाट विद्यालयलाई सौर्य उर्जाको उपकरण किनेर उपलब्ध गराएकोे प्रधानाध्यापक नीमबहादुर ओलीले बताए । 

भैली खेलेको रकमबाट भोजलगायत अन्य फजुल खर्च गर्नेहुने गरेको थुपै उदाहरण देखिएको अवस्थामा पाँचकाटियाका युवा–युवतीले सकारात्मक सन्देश दिएको स्थानीयवासी रामबहादुर पुनले बताए । 

solar light

विशेष