मुख्य समाचार

मंसिर १० काे निर्वाचनकालागि उत्साहपूर्ण मनाेनयन दर्ता : निर्वाचन अायाेग

मंसिर १० काे निर्वाचनकालागि उत्साहपूर्ण मनाेनयन दर्ता : निर्वाचन अायाेग

काठमाडौ । निर्वाचन आयोगले आगामी मंसीर १० गते पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको काम उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले आईतबार अपरान्ह काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको काम उत्साहजनक रुपमा सम्पन्न भएको जानकारी गराउनु भएको हो । त्यस अवसरमा उहाँले उम्मेदवार मनोनयनको काम तोकिएकै मितिमा शान्तिपूर्ण र उत्साहजनक ढंगले सम्पन्न गरेकोमा सम्पूर्ण राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुप्रति आभार पनि व्यक्त गरे ।

निर्वाचन आयोगले आईतबार मनोनयन गरेका उम्मेदवारहरुलाई आगामी कार्तिक ८ गते निर्वाचन चिन्ह प्रदान गर्ने पनि स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले आयोगले स्विकृत गरेको कार्यक्रम अनुसार उम्मेदवार विरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानवीन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी कार्तिक ८ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने जानकारी पनि दिए । 

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुकूलको व्यवहार गर्न–गराउन पनि सरकार, राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई आह्वान गरेको छ ।

 प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन सबैको साथ रहने विश्वास पनि व्यक्त गरे । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्वाचन प्रचार प्रचारका क्रममा निर्वाचन चिन्ह अंकित टोपी, टिसर्ट, गम्छाजस्ता सांकेतिक सामग्रीहरु उत्पादन, विक्री वितरण र प्रयोगमा कडाईका साथ रोक लगाउन पनि सम्बन्धित पदाधिकारीहरुलाई सचेत गराईसकेको छ ।

आगामी मंसीर १० गते पहिलो चरणमा प्रदेश सभा र प्रतिनिधि निर्वाचन ३२ वटा जिल्लामा हुँदैछ । निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ ३७ र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने पहिलो चरणको निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबैले सहयोग गर्ने विश्वास पनि व्यक्त गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचन भने मंसीर २१ गते हुनेछ । 

विशेष