खेल

न्युजिल्याण्डले भारतलाई हरायो

न्युजिल्याण्डले भारतलाई हरायो

एजेन्सी । भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड ६ विकेटले विजयी भएको छ । २ सय ८१ रनको लक्ष्य न्युजिल्याण्डले ४९ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

न्युजिल्याण्डलाई जिताउन टोम लाथमले १ सय ५ र रोश टेलरले ९५ रनको योगदान गरे । टस जितेर पहिले ब्याटिङ गरेको भारतले कप्तान विराट कोहलीको १ सय २१ रनको मद्दतमा २ सय ८० रन बनाएको थियो ।

न्युजिल्याण्ड र भारतले तीनवटा एकदिवसीय र तीनवटा ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेल्नेछन् । यस्तै बंगलादेशसँगको दोस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका दुई सय रनले विजयी भएको छ ।

विशेष