मनोरञ्जन

अनमोल केसीको जुडुवा भेटियो

अनमोल केसीको जुडुवा भेटियो

काठमाडौं । संसारमा एउटै अनुहार गरेका सातजना मानिस हुन्छन् भनिन्छ । नायक अनमोल केसीको जस्तै अनुहार भएका व्यक्ति भक्तपुरमै भेटिएका छन् ।

रमाइलो कुरा त के भने उनी पनि मोडलिङमै सक्रिय छन् । हालसम्म केही कभर भिडियोमा अभिनय गरेका ती अभिषेक श्रेष्ठ नाम गरेका युवकको पनि हिरो बन्ने सपना छ ।

१८ वर्षीय अभिषेक सूर्यविनायक, भक्तपूरका निवासी हुन् । काठमाडौंको ब्रिटिस कलेजमा बीआइटी पढिरहेका उनले कभर गीतहरुमा अभिनय गरेका छन् । उनी नृत्य पनि उत्तिकै राम्रो गर्छन् ।

उनी भारतीय रियालिटी सो एमटिभी रोडिजका विजेता तथा निर्णायकसमेत रहेका रनभीजे सिंहको जीवनमा आधारित रहेर बन्न लागेको वेब सिरिजमा अभिनय गर्ने तयारीमा छन् । यसको लागि उनी ५५ दिनको तालिमको लागि भारत जाँदै छन् ।  कहिलेकाहीँ बाटोमा हिँड्दा मानिसहरु उनलाई अनमोल केसी भनेर फोटो खिचाउन आउँछन् ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DBI7LSXmqtEU&h=ATNUiDFc7EBHfAZfktDl_3c76Xu0NbSPJYzpx9UxEbZm2WdxxagFEmKciTg92IoBlW_JkHOIpSPOmEQKvytxYowGemSZo-u32GEB77HNCYdt33dijpjXFz2WW-bRMxgOQCHZ_-VdtYgu

विशेष