स्वास्थ्य

१० वर्षे बालकको खुट्टाका औला हातमा सफतापूर्वक प्रत्यारोपण

१० वर्षे बालकको खुट्टाका औला हातमा सफतापूर्वक प्रत्यारोपण

नयाँदिल्ली । सफ्दरगञ्ज अस्पतालका चिकित्सकहरुले एक १० वर्षीय नेपाली बालकको औंला सफलतापूर्वक प्रत्यारोपण गरेका छन् ।

उनको खुट्टाका दुई औंला शल्यक्रियामार्फत् हातमा प्रत्यारोपण गरिएको हो । सन् २०१५ मा आगलागीमा परी उनको हातका औंला गुमेका थिए ।

शल्यक्रियाको क्रममा उनको एक हात नाडीबाट र अर्को औंलादेखि पाखुरासम्म काट्नु परेको थियो । उनका हात काम गर्न नसक्ने अवस्थामा थिए । कलम समाउन पनि सक्दैनथे, उनले । सोही कारण उनको आत्मविश्वास कम भएको थियो ।

चिकित्सकहरुले उनका खुट्टाका औंला हातमा ल्याएर जोड्ने विधि अपनाए । १० घण्टाको शल्यक्रिया क्रममा आगोबाट जलेको भागमा रक्तसञ्चार पुनः सुरु गराउन चिकित्सकहरुले सफलता पाए ।

‘यो प्रक्रिया एकदमै चुनौतीपूर्ण थियो र लामो समय बेहोसीमा राख्नुपर्ने थियो,’ डा कैनले भने, ‘तर, माइक्रोभास्कुलर रक्तप्रवाह कायम राख्न औंला प्रत्यारोपण जरुरी थियो ।’

विशेष