समाज

कांग्रेस नेतृ गिरिको घरमा आगलागी २२ लाख ७० हजार बराबरको क्षति

कांग्रेस नेतृ गिरिको घरमा आगलागी २२ लाख ७० हजार बराबरको क्षति

प्यूठान । कांग्रेस नेतृ निमा गिरीको घरमा आगलागी हुँदा २२ लाख ७० हजार बराबरको क्षति भएको छ ।

झिरुक गाउँपालिका ७ मच्छी पिडाल्लेमा विद्युत सर्ट भई गिरीको घरमा आगलागी भएको थियो । आगलागीबाट नगद ६ लाख, दुई तोला सुन, खाद्यन्न, लत्तापकडा, भाँडाकुडा जलेर नष्ट भएको छ । तीनतले ढुंगाले छाएको पूरानो घर आगलागीका कारण नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीका कारण नेतृ नीमाका बुवा लोकु गिरी सामान्य घाइते भएका छन् भने आमालाई चोट लागेपछि जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
गिरी कांग्रेस महाधिवेशन प्रतिनिधि तथा जिल्लाको सक्रिय महिला नेतृ मानिन्छन् । उनको नाम समानुपातिकमा समेत सिफारिस भएको छ ।

विशेष