मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।
माओवादी केन्द्रका मन्त्रीलाई बिनाविभागीय बनाएसँगै प्रधानमन्त्री देउवाले आफ्नो मातहतमा रहेका मन्त्रीहरुलाई गृह र परराष्ट्र मन्त्रालयको नयाँ जिम्मेवारी दिएका हुन् ।
उनले सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई गृह मन्त्रालयको समेत जिम्मेवारी सुम्पिएका छन् । यस्तै, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
पछिल्लो पटक राप्रपालाई सरकारमा सहभागी गराएपछि असोज ३१ मा प्रधानमन्त्री देउवाले कमल थापालाई उपप्रधानसहित ऊर्जा, जयन्त चन्दलाई आपूर्ति, दीलनाथ गिरीलाई सहरी विकास र विक्रम थापालाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।