समाज

बसको ठक्करबाट टेम्पो चालकको मृत्यु

बसको ठक्करबाट टेम्पो चालकको मृत्यु

इनरुवा । सुनसरी इटहरी उपमहानगरपालिका–४ हलगडामा बसको ठक्करबाट आज एक टेम्पो चलकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धरान–८ का ३५ वर्षीय अमित तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । काठमाडाैँबाट धरानतर्फ जाँदै गरेको को ७ ख ५७०५ नम्बरको बसले को १ ह ७७२९ नम्बरको टेम्पोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका तमाङको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । 

sunsari

विशेष