मुख्य समाचार

विवादस्पद छविका रेग्मी मूख्य सचिवमा नियुक्त, यस्ता छन् उनले गरेका कर्तुत

विवादस्पद छविका रेग्मी मूख्य सचिवमा नियुक्त, यस्ता छन् उनले गरेका कर्तुत

काठमाडौं । सरकारले विवादास्पद छवि भएका गृहसचिव लोकदर्शन रेग्मीलाई मूख्य सचिवमा बढुवा गरेपछि चौतर्फी आलोचना भएको छ ।

सामाजिक संजालमा उनको तस्वीर नै सार्वजनिक गरी आलोचना भएको हो । यसअघि विभिन्न संचारमाध्यमले रेग्मीको गाडी खरिद लगायतका प्रकरण बाहिर ल्याए पनि सरकारले उनलाई मूख्यसचिव बनाएकोमा आलोचना भएको छ ।

खोजपत्रकारिता केन्द्रले उनको नीति बिपरित गाडी किनेको विषयलाई समाचार बनाएको थियो । यस्तै उनका विवादित गतिविधिबारे समाचार सार्वजनिक भइसकेका छन् ।

यसबारेमा नवनियुक्त मूख्यसचिव रेग्मीले भने यसबारे केही बोलेका छैनन् । त्यस्तै राष्ट्रिय सम्पत्तिमा रजाइँ, कमिशन मोह र बिलासी गाडी चढ्ने लुब्ध स्वभावबारे खोज पत्रकारिता केन्द्रले एउटा विस्तृतमा समाचार प्रकाशित गरेको छ । पत्रकार रामेश्वर बोहराले तयार पारेको सो खोजी समाचारमा आइतबार नियुक्त भएका मुख्य सचिव लोकदर्शन रेग्मीको प्रशंग चर्चा गर्न सान्दर्भिक छ । ’संवैधानिक अङ्गमा गाडी सुविधाका लुब्धहरू’ शिर्षकमा प्रकाशित समाचारमा मुख्य सचिव रेग्मीले महँगा गाडी किन्ने परम्परा बसाएको उल्लेख छ ।

रेग्मीले आफ्नै लागि १ करोड मूल्यको हुन्डाइ टक्सन गाडी किनेर भित्र्याएका थिए । त्यसपछि महँगो गाडी किन्ने होडमा सचिवहरू, मन्त्री हुँदै संवैधानिक निकायका पदाधिकारीहरूसम्मकाे विवरण भएको समाचारमा छ ।

समाचारको विस्तृत विरण यहाँ हेर्नुहोस्

विशेष