मनोरञ्जन

सुन्दरी ट्याक्सी चालक, ट्याक्सी चढ्न यात्रुको तछाड मछाड

सुन्दरी ट्याक्सी चालक, ट्याक्सी चढ्न यात्रुको तछाड मछाड

काठमाडौं । फिलिपिन्सकी जोयस तादिओ लामो समयदेखि मेडिकल प्रतिनिधिका रूपमा काम गर्थिन् । तर, रातदिनको दौडले उनलाई भ्याइनभ्याई भयो । फुर्सदै नमिले पनि उनको जीवनशैली नै अस्तव्यस्त हुनथाल्यो ।

मनोविज्ञानमा स्नातक गरेकी उनले करिअर परिवर्तन गर्ने निधो गरिन् । उनको करिअरले युटर्न मोड लियो । अन्ततः उनले पार्ट टाइम ट्याक्सीचालक बन्ने निधो गरिन् ।

बाँकी समय भने फेसन डिजाइनरको कक्षा लिन्छिन् । पुरुषहरूको बाहुल्यता रहेको सवारी उद्योगमा उनको आगमनले यात्रुहरू पनि प्रभावित भए । यात्रुहरूले उनले ट्याक्सी चलाएका तस्बिर सामाजिक सञ्जाललगायतका माध्यमहरूमा सेयर गर्न थाले र उनी रातारात फिलिपिन्सकी सेलिब्रेटी बनेकी छिन् । उनलाई अहिले विश्वकै सर्वाधिक हट उबर ट्याक्सीचालक बताइन्छ । अहिले नियमित यात्रु उनको ट्याक्सीमा चढ्न तँछाडमछाड गर्छन् ।

उबरको एपमा उनी यात्रुले सर्वाधिक माग गरिएकी चालक बनेकी छिन् । दैनिक १२ घन्टा ट्याक्सी चलाउने तादियो भन्छिन, ‘सामान्यतया यात्रुहरूलाई पुरुष चालकले सेवा दिँदै आएका थिए । यस क्षेत्रमा मेरो प्रवेशले उनीहरू आश्चर्यचकित बनेका छन् ।’ उनले ट्याक्सी चलाउन थालेको पनि ८ महिना भइसक्यो । यस अवधिमा उनले धेरै प्रकारका मानिससँग छोटो संगत गर्ने मौका पाएकी छिन् ।

दिनहुँ उनका प्रशंसक बढेका छन् । आफ्ना अधिकांश यात्रु नै आफ्ना प्रशंसक बनेको उनी बताउँछिन् । उनी भन्छिन, ‘मलाई धेरैले माया गर्नुहुन्छ । मलाई माया गरेको र धेरैजनाको मप्रति आकर्षण बढेकोमा असाध्यै खुसी छु’ उनी भन्छिन् । उनको ट्याक्सीमा चढ्ने प्रायः यात्रु भाडा तिरेपछि गन्तव्यमा जानुअघि तस्बिर खिचाउन अनुरोध गर्छन् । ‘यात्रुसँग तस्बिर खिचाउन पाउँदा निकै आनन्द लाग्छ । उनीहरूको सम्मानले मन फुरुंग हुन्छ,’ उनी थप्छिन् ।

उनी यात्रुसँग ठट्टा पनि गर्छिन् । ‘मलाई ठट्टा गर्न मन लाग्छ । यात्रुहरूसँग प्रायः रमाइला गफ गर्छु । म २४सै घन्टा ट्याक्सी चलाउन पनि सक्छु । तादेओलाई उनको पुरुष साथीले चालक बन्ने सुझाब दिएका थिए । वास्तवमा ती साथीको कमाइका कारण उनको यस क्षेत्रमा आकर्षण बढेको थियो ।

विशेष