स्वास्थ्य

बिहानै हरियो घाँसमा खाली खुट्ट हिड्नुहोस् फाइदै फाइदा

बिहानै हरियो घाँसमा खाली खुट्ट हिड्नुहोस् फाइदै फाइदा

एजेन्सी । हाम्रो स्वास्थका हिसाबले विहान हिड्नु धेरै नै फाइदाजनक हुन्छ । विहान हिड्ने बानीले हाम्रो शरिर स्वस्थमात्रै राख्दैन कि यसले धेरै रोगहरु बाट पनि बचाँउछ ।

अझै हामी विहान विहान हरियो घाँसमा खालि खुट्टाले हिड्ने गर्यो भने झनै हाम्रो स्वास्थको लागि धेरै नै लाभदायक हुन्छ । मधुमेह रोगका बिरामीको लागि पनि हरियो घाँसमा हिड्न धेरै राम्रो हुन्छ ।

हरियो घाँसमा खालि खुट्टा हिड्दा हुने फाइदा यस्ता छन्

१ आँखा तेजिलो बनाँउछ

हरियो घाँसमा खालि खुटुटाले हिड्नाले आँखाको लागि धेरै नै फाइदाजनक हुन्छ । बिहानको समय ओसिलो घाँसमा खालि खुट्टा हिड्नाले आँखा तेजिलो हुन्छ । केही दिन सम्म नांगो खुट्टाले हरियो घाँसमा हिड्नाले तपाईको चश्माको नम्बर कम हुन सक्छ वा चश्मा नै लगाउन नपर्ने पनि हुन सक्छ ।

२. एलर्जी र हाच्छिँउबाट राहत

विहानविहान ओसिलो घाँसमा हिड्न धेरै नै राम्रो मानिन्छ । यसो गर्दा पैताला मुनिको कोमल कोषमा जोडिएको तन्त्रिकाहरुले मस्तिष्कसम्म राहत पुर्याउछन् । घाँसमा केही बेर सम्म बस्नाले एलर्जी र हाच्छिँउ पनि कमी आँउछ ।

३. तनाव कम हुन्छ

विहान विहानको समय जति बेर सम्म तपाई हरियालीको बिचमा रहनुहुन्छ उति आफुले आफैलाई स्वस्थ र तनाव रहित महसुस गर्नुहुन्छ । हरियो घाँसमा खालि खुट्टाले हिड्नाले मांसपेशीहरुको दुखाई कम हुन्छ । साथै निरन्तर यहि काम गर्नाले तपाईको तनाव बिस्तारै बिस्तारै कम हुन्छ ।

४. मधुमेहका बिरामीलाई पनिलाभ हुन्छ

विहानको समय हिड्नु मधुमेहका रोगीहरुलाई धेरै नै फाइदाजनक हुन्छ । डाक्टरकाअनुसार यदिमधुमेह रोगीहरु हरियालीको बिचमा रहेर नियमित गहिरो सास लिँदै खालि खुट्टा टहल्ने गरेमा शरिरमा अक्सिजनको पुर्ति हुन्छ र यो समस्या कम हुन्छ ।

विशेष