मनोरञ्जन

विवाह गर्दै विराट र अनुष्का

विवाह गर्दै विराट र अनुष्का

एजेन्सी । क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा आगामी डिसेम्बरमा विवाह गर्ने तयारीमा रहेका छन् । तर मिती भने तोकइसकेको छैन ।

कोह्ली र अनुष्का पछिल्ला केही वर्ष देखि एकअर्कालाई डेट गर्दै आएका छन् । केही अन्र्तवार्ताहरुमा विराटले प्रेमबारे स्वीकार गरेपनि अनुष्काले भने प्रेम सम्बन्धबारे अहिलेसम्म पनि मिडियामा केही बोलेकी छैनन् ।

विराट भने बेलाबेलामा अनुष्कासँगका फोटोहरु सामाजिकसञ्जालमा हाल्ने गर्छन् । केही समयअघिमात्र यी दुई एक विज्ञापनमा सँगै देखिए । दुईजनाको जमेको केमेस्ट्रिले गर्दा उनीहरुका फ्यान पनि उनीहरुको चाँडै विवाह भएको देख्न चाहन्छन् ।

 

विशेष