मनोरञ्जन

यस्तो रहेछ कपिल र सुनिल झगडा गर्नुको कारण, कपिल आफैंले खोले मुख

यस्तो रहेछ कपिल र सुनिल झगडा गर्नुको कारण, कपिल आफैंले खोले मुख

एजेन्सी । बलिउडका चर्चित कमेडियन कपिल शर्मा र अर्का कमेडियन सुनिल ग्रोभरबीच बोलचाल बन्द भएको महिनौं भइसकेको छ । यसबारे विभिन्न समाचार बने । तर, कपिलले पहिलो पटक झगडाको कारणबारे खुलस्त भएर बोलेका छन् ।

फिल्म ‘फिरंगी’ को ट्रेलर लन्चको मौकमा कपिलले झगडाबारे दिल खोलेर जवाफ दिएका हुन् । सुनिललाई सम्झिदै उनले ‘फिरंगी’ को ट्रेलर सुनिल ग्रोबरले लन्च गरेको हेर्ने इच्छा भएको पनि बताए । यसको लागि उनले सुनिललाई मेसेज पनि गरेका थिए । तर, क्यानाडाको एक सोमा व्यस्त भएका कारण सुनिल त्यसमा सामेल हुन पाएनन् ।

सुनिलले अहिलेसम्म पनि आफूलाई उनले कस्तो महशुश गरिरहेका छन् भन्नेबारे नसोधेको बताउँदै उनले भने, ‘गल्ती मेरै हो । मैले कसैलाई गाली गर्दा सुनिललाई मैले त्यसरी बोल्नु हुँदैन भन्ने लाग्यो । सायद उसले मलाई सोधेको भए मैले कस्तो महशुश गरिरहेको थिए म आफै भनिदिन्थे । तर, ऊ मै माथि कराउन थाल्यो । यस विवाद पछि म एकदमी दुखी भएको छु । यस झगडा पछि मलाई म अब कहिल्यै प्रस्तुती दिन सक्दिन भन्ने लागेको थियो । म सुनिललाई ९ वर्षदेखि चिन्छु । हामीले पाँच वर्षसम्म एकसाथ काम गरेका छौं । यदि म सुनिलको ठाउँमा भएको भए म जरुर किन यत्ति धेरै रिसाएको भनेर सोध्थे । किनभने यसअघि म यसरी रिसाएको सुनिलले देखेका छैनन् ।’

उनले जस्तोसुकै भएप्नि आफूले सुनिललाई धेरै माया गर्ने बताए । कपिल भन्छन्, ‘अष्ट्रेलियामा मेरो मुड पहिलादेखि नै खराब थियो । पचासवटा काममा लागेपछि धेरै टेन्सन हुन्छ । यसको साथै फिल्मको सुटिङको दौरान एक आर्टिस्टको अचानक मृत्यु भएको थियो । यतिसम्म की बेलुकी म उसँग सुटिङ गरिरहेको थिएँ । त्यसको भोलिपल्ट पनि सुटिङ थियो । तर, गएराती नै उसको मृत्यु भएछ । यसकारणले म तनावमा थिएँ । यतिमात्र होइन पंजावको सुटिङ पनि ढिला भइरहेको हुनाले मैले अष्ट्रेलियाको सो क्यान्सील गरौं अलि बढि पैसा दिन्छु भनेको थिएँ । तर, सो पनि क्यान्सील हुन पाएन । किनभने टिकेट अनलाईनबाट बिक्री हुन्थ्यो र पैसा फिर्ता हुने सम्भावना पनि थिएन ।’

उनले थपे, ‘म सानो सानो कुरामा रिसाइहाल्थे । सेटका मान्छेहरु सानो सानो कुरा लिएर म कहाँ आउने गर्थे । एकदिन सेटकी एकजना युवती आएर चन्दनको बारेमा नराम्रो सुनाउन थाली । मैले पनि रिसको झोंकमा चन्दनलाई गाली गरें । त्यो दिन अष्ट्रेलियामा सो राम्रै भयो । तर, सो सकिएपछि चन्दन गायब भयो । मैले उसलाई भेटेर माफ माग्न चाहन्थे तर मेरो उसँग भेट नै भएन । अष्ट्रेलियाबाट फर्किने एक घण्टा अघि मेरो चन्दनसँग भेट भयो । उसको यस्तो हर्कत देखेर झनै रिस उठ्यो ।’

कपिलले भने, ‘फिल्मकने लागि मलाई फिट हुनु थियो । त्यसकारण मैले रक्सी पिउन छोडें । मैले १२ किलो वजन घटाए पनि । यो समयमा मैले टीभी र आफ्नो टिमलाई धेरै मिस गरें । ज्यादा भएपछि एकदिन एउटा कोठामा बन्द भएँ र एकदमै धेरै रक्सी पिएँ । त्यतिबेला मलाई अब दुनियाँले नै मन पराउन छोडिसक्यो भन्ने लागिसकेको थियो ।’

ट्रेलर लन्चको समयमा उनलाई उनको फेम फेरि मिल्न सक्छ कि सक्दैन भन्न प्रश्नमा उनले हाँस्दै भने, ‘पक्का मिल्छ । म राम रहिम जसरी जेलमा थोडी बसेको छु । कुनै नयाँ कुरा कोशिश गर्छु र सबैको मन जिछु ।’

 

 

kapil and sunil

विशेष