अपराध सुरक्षा मुख्य समाचार

उपत्यकामा साना हतियारको जगजगी

उपत्यकामा साना हतियारको जगजगी

काठमाडौं । २३ असोज स् एक थान रिभल्वर र एक गोलीसहित तीन पक्राउ, २३ असोज स् निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या, ३ कात्तिक स् एक थान कटुवा पेस्तोल र एक थान गोलीसहित चार पक्राउ, ५ कात्तिक स् एक थान रिभल्वर र दुई गोलीसहित चार पक्राउ ।


दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाँल्दा साना हातहतियारको उपलब्धता काठमाडौंमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्बिर झल्किन्छ ।

प्रहरी स्रोतका अनुसार यी सार्वजनिक भएका केही घटनामात्रै हुन् । सार्वजनिक हुन नसकेका धम्की, फिरौती असुली, डकैती र अपहरणका थुप्रै घटनामा साना हतियार प्रयोग भइरहेका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७४/७५ का तीन महिनामा मात्रै ९ हतियार बरामद भएका छन् भने ३० जना मानिस पक्राउ परेका छन् । परिसरका अनुसार बरामद हतियारमा पेस्तोल र रिभल्वर छन् ।

फिरौती असुलीदेखि स–साना घटनामा साना हतियार प्रयोगबाट काठमाडौंमा यसको उपलब्धता सहज बन्दै गएको खुलाउँछ । कान्तिपुर

विशेष