देश

देशभर ह्वात्तै चिसो बढ्यो, यस्तो छ कारण

देशभर ह्वात्तै चिसो बढ्यो, यस्तो छ कारण

काठमाडौँ । उत्तर पश्चिमी वायुको सक्रियताले राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा चिसो बढेको छ ।

मनसुन सिजन सकिएको र उत्तर पश्चिमी वायुको प्रभावले चिसो बढेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । “उत्तर पश्चिमी वायु भारतको जम्बुकास्मिरबाट हिमाली क्षेत्र हुँदै आएको छ अर्कोतर्फ रातमा आकाश खुला भई पृथ्वीको सतह चिसिएकाले एक्कासी तापक्रम घटेको हो”– उनले भने ।

चिसो बढेसँगै काठमाडौँमा एक्कासी तापक्रम घटेको छ । सोमबार १५.५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम घटेर ११‍.४ डिग्रीमा पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार  काठमाडौँको न्यूनतम ११.४ र अधिकतम २६.४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जोमसोममा चार र सबैभन्दा बढी जनकपुरमा २१ डिग्री सेल्सियस रहेको छ ।

विशेष