खेल

लिगकपमा म्यानचेष्टर सीटीले वान्ठरर्सलाई हरायो आर्सनल पनि विजयी

लिगकपमा म्यानचेष्टर सीटीले वान्ठरर्सलाई हरायो आर्सनल पनि विजयी

काठमाडौं। इङ्लिस लिग कप फुटबलअन्तर्गत मंगलबार राती भएका खेलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड, आर्सनल र लेष्टर सिटी विजयी भएका छन् ।

ईएफएल कपको चौथो चरणको खेलमा म्यान्चेस्टर सिटीले उल्भरह्याम्पटन वान्डरर्सलाई टाई ब्रेकरमा पराजित गर्‍यो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाई ब्रेकरमा म्यान सिटी ४–१ ले विजयी भएको हो ।

लिग कप फुटबलकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले स्वान्सी सिटीलाई २–० ले हराउँदा आर्सनलले नर्वीच सिटीलाई २–१ ले पराजित गर्‍यो ।

लेष्टर सिटीले लिड्स युनाईटेडलाई ३-० ले हराउँदा बर्नमाउथले मिडिल्सब्रोलाई ३-१ ले तथा ब्रिस्टोल सिटीले क्रिष्टल प्यालेसलाई ४-१ ले पाखा लगायो ।

लिग कप फुटबलमा आज राती चेल्सीले एभर्टनसँग खेल्दा टोटनह्याम हट्सपरको भिडन्त वेष्ट ह्याम युनाईटेडसँग हुनेछ ।

विशेष