समाज

१४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च

१४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च

लाहान । फूलमाला र बत्तीले झिलिमिली भब्य मण्डप । छिमेकीदेखि टाढाटाढाका आफन्त । खानपिनका लागि विभिन्न थरी परिकार । लाहान, नयाँ बजारका मोहम्मद ताहिर अन्सारीले छारीको बिहेका लागि सम्पूर्ण तयारी गरेको थिए ।

मात्र प्रतिक्षा थियो जन्तीको । रातिको करिब ११ बजे तिर जन्तीको लाबालस्कर बेहुलीको घर आयो । ४० गाडीमा तीन सय जन्ती मण्डपमा भित्रँदा बेहुलीका अभिभावकको अभिमानसमेत बढेको थियो ।

स्वागतसँगै जन्ती खानपिनमा लागे । अभिभावक निगाह ९बिहे० को तयारीमा लागे । सम्पूर्ण रुपले सिँगारिएकी बेहुलीलाई कोठाबाट मण्डपतिर लगिँदै थियो । त्यही बेला फिल्मी शैलीमा ‘यो बिहे हुन सक्दैन’ भन्दै प्रहरी पुग्यो । समारोहमा अचानक बिध्न उत्पन्न भएपछि सबैजना अत्तालिए ।

प्रहरीले अभिभावकलाई सोधे, बेहुलीको उमेर कति हो रु अभिभावकले सुरुमा आनकान गरे पनि खुलासा गर्न बाध्य भए ‘बेहुलीको उमेर १४ वर्ष मात्रै छ ,’ । उमेर नपुगेको बालिकाको विवाह गर्न पाउदैन, अभिभावक र साक्षाीलाई समेत मुद्दा लाग्छ भनेर प्रहरीले ठूल्ठूलो स्वरमा भन्न थालेपछि आफन्तहरुको भागाभाग भयो ।

बेहुलापक्ष मात्र होइन, नाच्दैगाउँदै आएका जन्ती पनि तितरबितर हुँदै भाग्न थाले । ५० लाख रुपैयाँ खर्च गरेर आयोजना गरिएको बिहे समारोहमा कोलाहल मच्चियो । तर, प्रहरीले कसैलाई गिरफ्तार गरेन ।

नयाँ पत्रिका

विशेष