मनोरञ्जन

यी हुन् गिनिज बुकमा नाम लेखाउने बलिउड कलाकार

यी हुन् गिनिज बुकमा नाम लेखाउने बलिउड कलाकार

एजेन्सी । बलिउडमा हरेक शुक्रबार कोही न कोहीले रेकर्ड बनाउँछ र कसै न कसैले त्यसलाई तोडिरहेको हुन्छ । बलिउडका धेरै सलिब्रेटिले गिनिज बुकमा नाम लेखाएका छन् ।

कट्रिना कैफ

सन् २०१३ कट्रिनाको लागि धेरै लाभकारी भयो । त्यस वर्ष उनले बलिउड अभिनेत्रीमध्ये सबभन्दा बढि कमाई गरिन् । उनले ६३.७५ करोड कमाइ गरेकी थिइन् । यस कारण उनको नाम ‘गिनिज वल्र्ड रेकर्ड’ मा समावेश गरिएको थियो ।

सोनाक्षी सिन्हा

मार्च २०१६ मा सोनाक्षीले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाइन् । सोनाक्षीले एक समयमा नै धेरै महिलासँग मिलेर नेल पेन्ट गर्नेमा रेकर्ड बनाएकी थिइन् ।

आशा भोसले

बलिउडमा आशा भोसलेलाई स्वरकी मल्लिका भनेर चिनिन्छ । उनले एघार हजार भन्दा बढि सोलो गीत गाएकी छिन् । सन् २०११ मा उनको नाम संगीत जगतको इतिहासमा सबभन्दा धेरै गीत गाएर गिनिज बुकमा समावेश भएको थियो । उनले २० वटा भाषामा गीत गाएकी छिन् ।

अभिषेक वच्चन

अभिषेक वच्चनले गिनिज बुकमा १२ घण्टासम्म सबभन्दा बढि पब्लिकको सामु देखा पर्ने स्टारको रुपमा सामिल भएको छ । अभिषेक सन् २००९मा आएको उनको फिल्म ‘दिल्ली ६’ को प्रचारको समयमा १२ घण्टासम्म लगातार सातवटै शहरमा प्रस्तुत भएका थिए । यस कामको लागि उनी आफ्नो प्राइभेट जेट र कारबाट उनले १८०० किलोमिटरको यात्रा गरेका थिए ।

अमिताभ वच्चन

बलिउड अभिनेता असमताभ वच्चनको नाम पनि गिनिज वल्र्ड रेकर्डमा समावेश भएको छ । उनले १९ वटा अलग अलग गायकसँग हनुमान गाइसकेका छन् ।
शाहरख खान — बलिउडका किंग खान पनि २०१३ मा बलिउडमा सबभन्दा ज्यादा कमाइ गर्ने अभिनेतामा गनिन्छन् । शाहरुखले सन् २०१३ मा २२०.५ करोढ रुपैयाँ कमाइ गरेका थिए । जसको कारण उनको नाम गिनिज बुकमा समावेश भयो ।

कुमार सानू 

सन् १९९३ मा बलिउड गायक कुमार सानूले एक दिनमा २८ वटा गीत गाएर गिनिज बुकमा नाम लेखाएका थिए ।

कपूर परिवार 

बलिउडक कपूर खानदानका चौबिजजना भन्दा बढि सदस्यले फिल्ममा काम गरिसकेका छन् । हिन्दुस्तानमा फिल्मको सुरुवातबाट नै कपूर परिवारको सहभागिता रहँदै आएको छ । सन् १९९९मा यस परिवारले फिल्म लाइनमा काम गर्ने अहिलेसम्मकै ठूलो परिवारको रेकर्ड राखेको छ ।

विशेष