स्वास्थ्य

थाहापाउनुहोस्, तपाईले लाउने ब्राको पनि हुन्छ एक्सपायरी डेट

थाहापाउनुहोस्, तपाईले लाउने ब्राको पनि हुन्छ एक्सपायरी डेट


काठमाडाै‌ ।कहिल्यै ख्याल गर्नुभएको छ ? घरमा प्रयोग हुने सामानरुहको पनि मितीको मापदण्ड हुन्छन् । यस्ता छन् हामीले घरमा प्रयोग गर्ने यी सामानहरुको अन्तिम मिती । 

तकिया

ओछ्यानमा प्रयोग गरिने तकिया दुईदेखि तीन वर्ष भन्दा बढि प्रयोग गर्नु हुँदैन । यति वर्ष भएपछि जस्तो खालको तकियामा पनि धुलो बस्न थाल्छ । यसरी तकियाको आकारमा परिवर्तन आउँछ जसले गर्दा गर्धन दुख्ने समस्या हुन्छ ।

चप्पल

चप्पल बढिमा ६ महिना भन्दा बढि समय प्रयोग गर्नु हुँदैन । चप्पलको बढि प्रयोगले चाँडो इन्फेक्सन हुने हुँदा यसलाई समय समयमा राम्ररी धुनुपर्छ ।

तौलिया

घरमा प्रयोग गरिने तौलिया(रुमाल) मा ब्याक्टेरिया बढ्ने सम्भावना बढि हुन्छ । नियमित सफा गर्दा पनि यो समस्याको सामाधान नहुने हुँदा यसलाई बढिमा एकदेखि तीन वर्षसम्ममात्र प्रयोग गनुपर्ने हुन्छ ।

दाँत माझ्ने ब्रस

दाँत माझ्ने ब्रसको तार बाहिर निस्किएपछि परिवर्तन गर्नैपर्छ । यसको औषत आयु तीन महिनासम्ममात्र हुनुपर्छ । यसका साथै रुघा खोकी लागेको समयमा प्रयोग गरेको ब्रस प्रयोग गर्नु पनि उचित हुँदैन ।

ब्रा

महिलाहरुले एउटा ब्रा एक या दुई वर्षभन्दा बढि समय प्रयोग गर्नु हुँदैन । ब्राको एलास्टिक तन्किदै गएपछि त्यसको आकार पनि बिग्रन्छ । त्यसपछि प्रयोग गर्न छोड्न केही लोभ गर्नु हुँदेन ।

मसाला

भान्सामा प्रयोग हुने मसाला बढिमा एकदेखि तीन वर्षसम्ममात्र प्रयोग गर्नुपर्छ । धेरै समय भएपछि त्यसको बासना र स्वाद हराउँदै जान्छ ।

 

विशेष