स्वास्थ्य

यी फल काँचै खानुहोस् फाइदै फाइदा

यी फल काँचै खानुहोस् फाइदै फाइदा

 एजेन्सी ।   धेरै मानिसहरुको रोजाइमा काँचो खानेकुरा कमै मात्रामा पर्ने गर्छ । कतिलाई मिठो नलाग्न पनि सक्छ तर यसले लाभ  गर्छ । काँचो खानेकुराको लाभकै कारण आजभोली दिनहुँ काँचो खानेकुरा लोकप्रिय भएको पाइन्छ । गर्मी मौसममा फलफुल र सागसब्जी पनि पर्याप्त मात्रामा पाइने हुुनाले विशेषगरि गर्मीयामको समय यस्तो खानेकुराका लागि उपर्युक्त समय मानिन्छ । काँचो खानेकुरा खाँदा राम्रो तर खानुअघि राम्ररी पखाल्ने वा प्रशोधनका अन्य उपाय भने अपनाउनुपर्छ ।

क्यान्सर घटाउँछ

फलफुल र सागसब्जी जस्ता धेरै भन्दा धेरै काँचो खानेकुरा दैनिक भोजनमा मिसाएर खाने बानीले क्यान्सरको खतराबाट जोगाउँछ । काँचो खानेकुरामा प्रशस्त भिटामिन, खनिज, एन्टिअक्सिडियन्ट र पकाइएका खानाको तुलनमा बढी हुन्छ । किनकि पकाएको खानेकुरामा कार्सिनोजेन नामक तत्व हुने भएकोले पकाएको खानेकुराबाट विभिन्न प्रकारका क्यान्सर हुने खतरा हुन्छ ।

प्राकृतिक इन्जाइम प्राप्त हुन्छ 

काँचो खानेकुरा विभिन्न प्रकारका प्रोटिनको महत्वपूर्ण स्रोत हो, जसले पाचन प्रक्रिया सहज गर्ने, कोलेस्ट्रोल ठीक्क राख्ने र कब्जियतबाट बचाउँछ । यस बाहेक मेटाबोलिज्मलाई तीब्रता दिन पनि यसले सहयोग गर्छ र तौल घटाउँछ ।

सुगरप्रतिको मोह घटाउछ  

यदि चिनिप्रतिको मोह नियन्त्रण गर्न सक्नु भएको छैन भने कच्चा खानेकुराले तपाईको समस्या समाधान गर्छ । फलफूल चिनी र ऊर्जा प्रदान गर्ने अन्य पोषणको स्वभाविक प्राकृतिक स्रोत हो ।

फ्याट र क्यालोरि थोरै हुन्छ

फलफुल तथा सागसब्जीमा फ्याट र क्यालोरिको मात्रा प्राकृतिक दृष्टिले नै न्यून हुन्छ । कतिपय फलफुलमा त फ्याट नै हुँदैन । तपाई आफ्नो तौल बढेर हैरान हुनुहुन्छ वा मोटोपनबाट मुक्त हुन चाहनुहुन्छ भने निश्चय नै काँचो फलफूल र सागसब्जी सहयोगी सिद्ध हुन सक्छ ।

वातावरण मैत्री

 वातावरणलाई संरक्षण गर्न चाहनुहुन्छ रु हरेक दिन धेरै भन्दा धेरै कच्चा खानेकुरा खानुहोस् । कच्चा खानेकुराले थोरै मात्रामा कार्वनडाइअक्साईड उत्सर्जन गर्छ । त्यसलाई पकाउन तपाईलाई ऊर्जा आवश्यकता पर्दैन । कच्चा खानेकुरलाई प्याक गर्न वा वोतलमा राख्न पर्दैन । यसले प्रदूषण वा फोहरलाई रोक्न पनि सहयोग गर्छ ।

स्वादिलो हुन्छ

बदाम, केरा, किवी फल, सुन्तला, स्याउ, चेरी, स्ट्राबेरी, व्लुबेरी, गाजर, मुला, आप, भुईकटहर, एभोकाडो लगायतका अन्य फलफुल र सागसब्जी निकै स्वादिला हुन्छन् । यसलाई अझै स्वाद थप्न घिउ, मसला, नुन, चिनी जस्तो पकाउँदा प्रयोग गरिने चिज मिसाउनु पर्दैन । अर्थात बढि मेहनत गर्नु पर्दैन ।

अन्य व्यवहारिक फाइदाहरु

काँचो खानेकुरा खानाले समयको पनि बचत हुन्छ । पकाउनु नपर्ने हुनाले र यसको स्वाद नै काँचोमा हुने भएकाले समयको बचाउ हुन्छ । त्यस्तैगरि काँचो खानेकुराले समयको मात्र बचत नगरेर अन्य खाद्य पदार्थको र खाना पकाउन प्रयोग हुने इन्धन जस्तै ग्याँस, मट्टितेल आदिको पनि बचत हुन्छ ।

विशेष