मनोरञ्जन

सम्बन्ध विच्छेद भएपनि ऋतिकले मनाए पूर्व पत्नी सुजैनको जन्मदिन

सम्बन्ध विच्छेद भएपनि ऋतिकले मनाए पूर्व पत्नी सुजैनको जन्मदिन

एजेन्सी । श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेद भएपछि धेरैजसो जाेडि एकअर्काबाट टाढै रहन्छन् । तर, यो कुरा बलिउड अभिनेता ऋतिक रोसनको हकमा ठ्याक्कै उल्टो छ ।

अभिनेता ऋतिक रोसनकी पूर्व पत्नी सुजैन ४१ वर्षकी भएकी छिन् । उनले आफ्नो जन्मदिन मुम्बइको लोअर परेलस्थित कोको पबमा मनाइन् । उक्त पार्टीमा बलिउडका कयौं सेलिब्रेटिसँगै पूर्वपति ऋतिक रोसन पनि पुगेका थिए ।

समबन्ध विच्चेद पछि पनि यसअघि सुजैन र ऋतिक एक अर्कासँग सँगै समय बिताइरहेको अवस्थामा देखिएका थिए । पछिल्लो समय ऋतिक कंगना रनौटसँगको विवादले खुब चर्चामा रहेका छन् ।

विशेष