समाज

हराएको तीन दिनपछि जंगलमा शव फेला

हराएको तीन दिनपछि जंगलमा शव फेला

नुवाकोट । विदुर नगरपालिका–२ का पुरुषोत्तम लोहनी हराएको तीन दिनपछि मृत अवस्थामा भेटिएका छन् । 

सोमबार दिउँसो बट्टार बजार आएका ३२ वर्षका लोहनी आज विदुर नपा–२ शेरा जंगलमा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । 

लोहनीलाई बाहुनडाँडास्थित खोल्सामा स्थानीयबासिन्दाले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

nuwakot

विशेष