समाज

मधेसका असली नायक यादव भारतीय प्रहरीको नियन्त्रणमा, कारण यस्तो छ

मधेसका असली नायक यादव भारतीय प्रहरीको नियन्त्रणमा, कारण यस्तो छ

राजविराज । सप्तरीको तिलाठी सीमा क्षेत्रमा भएको भारतीय अतिक्रमण रोक्न आफ्नो ज्यानको पर्वाह नगरी वीरतापूर्वक लडेका देवनारायण यादवलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । यादवलाई आइतबार भारतीय बजार कुनौली गएका बेला त्यहाँको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले यसअघि यादवको छोरासहित तीन जनालाई पक्राउ गरेको थियो । छोरालाई छुटाउन भनेर भारतीय बजारमा गएका बेला देवनारायणलाई उल्टै पक्राउ गरिएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार यादवलाई भारतीय प्रहरीले वीरपुर भन्ने स्थानमा लगेर राखेको जानकारी आएको छ । सप्तरी प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले यादवलाई पक्राउ गर्नुको कारणबारे विस्तृत रुपमा बुझ्ने काम भइरहेको बताए ।
गत वर्ष नेपाल–भारत सीमामा पर्ने तिलाठीमा भारतीय पक्षले एकतर्फी बाँध बाँध्न खोज्दा यादव नेतृत्वको नेपाली समूहले डटेर प्रतिवाद गरेको थियो । त्यसक्रममा उनी घाइतेसमेत भएका थिए । उनको यो कार्यको सर्वत्र प्रशंसा भएको थियो । कतिपयले उनलाई मधेसको असली नायकको संज्ञासमेत दिएका थिए ।

विशेष