मुख्य समाचार

पहिलो निर्वाचनमा ९७ जनाले मनोनयन फिर्ता लिए

पहिलो निर्वाचनमा ९७ जनाले मनोनयन फिर्ता लिए

काठमाडौं ।   काठमाडौं आयोगले जिल्लामा स्थापना भएका मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय मार्फत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह उपलब्ध गराएको हो ।

पहिलो चरण अन्तरगत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रारम्भिक चरणका सम्पुर्ण काम सकिएको निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्तादेखि उम्मेदवारलाई चुनाव चिन्ह वितरणसम्मको सम्पुर्ण प्रक्रिया पूरा भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

अब भने मतदान स्थलमा मतपत्र, मतपेटिका पुर्‍याउने लगायत व्यवस्थापनको काम मात्र बाँकी रहेको ढकालले बताए । गत आइतवार मनोनयन दर्ता गराएका उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता लिने समय दिएको आयोगले साँझ ६ बजेसम्म चुनाव चिन्ह् प्रदान गरेको थियो । निर्वाचन आयोगकाअनुसार, प्रतिनिधिसभा तर्फ ३७ र प्रदेशसभा तर्फ ६० जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।

निर्वाचन आयोगमा प्राप्त पछिल्लो विवरणअनुसार, प्रतिनिधिसभाका लागि ३७ सिटमा २ सय ८५ र प्रदेश सभाको ७४ सिटका लागि ४ सय २० जनाको उम्मेदवारी कायम भएको छ । केही जिल्लाबाट तथ्याङ्क संकलनको काम भईरहेकाले चुनाव चिन्ह पाउने उम्मेदवारको संख्या दुवै तर्फ बढ्ने प्रवक्ता ढकालले जानकारी दिए । आयोगले जिल्लामा स्थापना भएका मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय मार्फत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह उपलब्ध गराएको हो ।

मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय मार्फत अन्तिम नामावली प्रकाशन भएकाले उम्मेदवारको लगत संकलन भइरहेको आयोगका प्रवक्ता ढकालले बताए  । चुनाव चिन्ह् पाएसँगै प्रचार प्रसारमा सहज हुने दलीय तथा स्वतन्त्र उम्मेदवारले बताएका छन् । 

विशेष