मुख्य समाचार

निर्वाचनमा सेना परिचाल हुने भयो, राष्ट्रपतिद्वारा स्वीकृति प्रदान

निर्वाचनमा सेना परिचाल हुने भयो, राष्ट्रपतिद्वारा स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयद्वारा  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा योजना, २०७४ मा व्यवस्था भएअनुसार सुरक्षा निकाय एकीकृत तथा समन्वयात्मकरुपमा परिचालन गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति भण्डारीले नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी हुन् ।

विशेष