सफलताको कथा

बाल्यकालको सपनालाई ४८ बर्षको उमेरमा पुरा गरिन् कालुदेवीले

दीपबहादुर घर्ती

बाल्यकालको सपनालाई ४८ बर्षको उमेरमा पुरा गरिन् कालुदेवीले

 

जाजरकोट । बाल्यकालमा देखेको सपनालाई उनले ४८ बर्षको उमेरमा पुरा गरेकी छन् । पढी, लेखेर जागिर खाने, ठुलो मान्छे बन्ने, शुखको जीवनजिउने बाल्यकालमै देखेको सपनालाई भेरी नगरपालीका–११ मटेलाकि कालुदेवी पुनले आफ्नो जीवनकालागि पुरा गर्न नसकेको भएतापनि छोरा–छोरीको लागिभने पुरा गरेकी छन् । व्यवसायिक तरकारी खेतीवाट भएको आम्दानीवाट छोरा–छोरीलाई पढाएर जागिरे बनाएपछि बाल्यकालको सपनालाई कालुदेवीले ४८ बर्षको उमेरमा पुरा गरेकी हुन् ।

बुवा–आमाको पहिलो सन्तानकारुपमा रहेकिकालुदेवी ५ बर्षको उमेरमा पढ्नका लागि गाउँमै रहेको प्राथमिकविद्यालयमाभर्ना त भईन तर, पढ्न भने पाईनन् । कक्षा–१ को पढाई पुरा गरेर कक्षा–२ मा उतीर्णा हुदानहुदै कारणबस कालुदेवीले पढाई छोड्नु परेको थियो । पारिवारीक समस्या तथा बिबिधकारणलाई छिचोल्न नसकेर आफ्नो पढाई छोढ्न बाध्यभएकि कालुदेवीले उतिवेला देखिनै आफ्ना छोरा–छोरीलाई जस्तोसुकै अबस्थामापनि पढाएरै छाड्ने अठोट गरेकी थिईन ।

पढाई छोडेर कृषि पेशाको घरेसी काममा सिमित रहेकी कालुदेवीले दाउरा, घाँस गर्नुको साथै अन्नबाली गोडमेल गर्न राम्रोसंग सिकिसकेकी थिईन । उमेर परिपक्क भएपछि कालुदेवीले गाउँकै दीर्घबहादुर घर्तीसंग बिबाह गरिन् । घरमा कमजोर आर्थिक अवस्थाका कारण विवाहपश्चात जन्मिएका छोरा–छोरीको लालन–पाल गर्न कालुदेवीलाई धौ–धौ नै परेको थियो । साढे चार रोपनी जग्गाबाट उत्पादन भएको अन्नको आम्दानीले वर्षभरी घरपरिवारको खाना, लगाउन र अन्य घरखर्च चलाउन निकै गाह्रो अवस्थामा पुगेकी कालुदेवीले आजभन्दा १६ बर्ष पहिले आफ्नो बारीमा तरकारी खेती गर्न थालिन् । आफ्नै बारीमा लटरम्म फलेको तरकारीलाई टिपेर भान्सा मापकाएर घरपरिवारलाई खाना र खुवाउन थालेकि कालुदेवीले गाउँ–घरका आफन्तजनहरुलाई पनि नियमित रुपमा तरकारी खानेबानीको विकास गर्नुपर्छ भन्ने सन्देश उनले नै दिईन् ।

आफ्नोबारीमाफलेको तरकारीलाई गाउँ–घरमै विभिन्न खाद्यवाली संग विनिमय गरेर ५ बर्षसम्म घर खर्च चलाउदै आएकी कालुदेवीले तरकारी खेतीवाट हुनेआम्दानीलाई राम्रोसंग बुझिन् । आफ्नो पुरै जग्गामाब्यबसायिक रुपमामौसमीतथा बेमौसमी तरकारी खेती गरेर जीवनबदल्ने अठोट गरिन । १० बर्ष पहिला देखि ब्यबसायिक योजनाबनाएर तरकारी खेतीगर्दै आएकिकालुदेवीले तरकारी खेतीवाट भएको पुरै आम्दानीलाई एक छोरा र एक छोरीको पढाईमै मात्रखर्च गर्ने गरेकि छन् । चितवन गैडाकोटमा रहेको अक्सफोर्ड इन्जिनियर कलेजमासिभिल ईन्जिनियर पढी रहेकाकालुदेवीका छोरा मोतिराम घर्तीले गत साउनमहिनामाआफ्नो पढाई पुरा गरिसकेका छन् । जागिरको खोजीमाकालुदेवीका २३ बर्षिय छोरा मोतिरामले लोकसेवाआयोगको तयारी गरिरहेका छन् । धरान मेडिकल कलेजवाट स्टाप नर्सको पढाई पुरा गरेकि १९ बर्षिय छोरी कुशुम घर्तीले लोकसेवाआयोगको तयारी पुरा गरेर विकासे स्थायीमानामनिकालेर भक्खरै चितवन सरकारी अस्पतालमा पोष्टिङ्ग भैसकेकि छन् ।

तरकारीको आम्दानीवाट छोरा–छोरी दुवैलाई आफ्नो खुट्टामा आफै उभिन सक्ने (स्वाभिमानी) बनाउननै जीवनको उच्च सफलता रहेको बताउदै कालुदेवीले भनिन्–“पढी, लेखेर ठुलो मान्छे बन्ने बाल्यकालको मेरो सपनाकारणबस मैले पुरा गर्न नसकेतापनि मैले मेरो आफ्नै बारीमा फलाएको तरकारीको आम्दानीले मेरा छोरा–छोरीलाई चाहिने शिक्षाहासिल गराई सकेकि छु, मेरो जीवनकालागि यो नै सबैभन्दा ठुलो उपलब्धी र खुशी हो ।”

साढे चार रोपनीमात्र जग्गाभएकी कालुदेवीले साढे तीन रोपनी जग्गामा बाह्रै महिना मौसमी तथा बेमौसमी तरकारी खेतीगर्दै आएकी छन् भने, एक रोपनी जग्गामा आँपका विरुवा लगाएकी छन् । व्यवसायिक तरकारी खेतीबाट वार्षिक रुपमा साढे तीन लाख देखि चार लाख सम्मको आम्दानीगर्दै आएको पुनले जानकारी दिईन ।

नमुना लक्ष्मी महिला कृषक समुहकी अध्यक्ष समेत रहेकी कालुदेवीले आफुहरुलाई व्यवसायिक तरकारी खेती गर्नका लागि जिल्ला कृषिविकास कार्यालय, हेल्भेटास नेपाल, उच्चमुल्य कृषिबिकास आयोजना (एचभिएपि) लगाएतका सरकारी तथा गैरसरकारी संघ, संस्थाहरुले विभिन्नतालिमतथाप्रविधी हस्तान्तरण गरेर सहयोग गरेको बताईन् । जिल्ला कृषि विकास कार्यालयले थ्रिटर मेसिनलगाएतका विभिन्न कृषिऔजारहरु दिदै आएको छ कालुदेवीले भनिन्–“हेल्भेटास नेपालले ढक, तराजु, क्यारेट लगाएतका सामाग्रीहरु हस्तान्तरण गरेको थियो भने, उच्चमुल्य कृषिबिकास आयोजनाले टनेलमा तरकारी खेतीगर्नकालागि प्लाष्टिक, गोठेमलमा सुधार ल्याउनका लागि भकारो सुधार कार्यक्रम, तरकारी खेतीमा सिंचाई गर्नकालागि २ सय ३० मिटरको कुलो निर्माण गरिदिएको छ ।”

कृषि पेशाप्रतिअगादमायागर्ने कालुदेवी जस्तै २० जना कृषकहरु हुने हो भने, जिल्लाको कृषि प्रणाली नै परिवर्तन हुने कृषिप्रचार अधिकृत मुकेश रामजालीको भनाई रहेको छ । कुनै पनि परिवर्तन गर्नकालागिपहिलो कुरा ईच्छा शक्तिहुनु पर्ने, दोश्रो कुरा कामगर्ने अठोट र शंकल्पवाट मात्र सम्भवहुदो रहेछ भन्ने कुराको सजिव उदाहरण कालुदेवी पुन बन्न सफलभएको अधिकृत रामजालीको भनाई रहेको छ ।

विशेष