खेल

महिला टी–२० छनोटका लागि दोस्रो चरणमा २२ खेलाडी छानिए

महिला टी–२० छनोटका लागि दोस्रो चरणमा २२ खेलाडी छानिए

काठमाडौं । अर्को महिना थाइल्यान्डमा हुने आइसिसी महिला विश्व टी–२० छनोटअन्तर्गत एसिया छनोटका लागि नेपालले दोस्रो चरणको टिम घोषणा गरेको छ ।
रुबिना क्षेत्रीको कप्तानीमा रहेको टिममा दोस्रो चरणमा २२ खेलाडी छनोट भएका छन् ।

दोस्रो चरणको बन्द प्रशिक्षणपछि १४ सदस्यीय अन्तिम टिम घोषणा गरिनेछ । अन्तिम टिमले एक साता बंगलादेशमा प्रशिक्षण गर्नेछ । नेपाली टिम २३ कात्तिकमा बंगलादेश जानेछ । बंगलादेशमा एक साता प्रशिक्षण गरेपछि नेपाली टिम एसिया छनोट खेल्न सिधै थाइल्यान्ड प्रस्थान गर्नेछ । बंगलादेशमा रहँदा नेपालले स्थानीय टिमसँग ३ वटा अभ्यास खेल खेल्नेछ ।

एसिया छनोट २ मंसिरदेखि सुरु हुनेछ । छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड र युएईले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछ । एसिया छनोटमा यसअघि मलेसियाले समेत खेल्ने बताइए पनि अब भने ५ टिमबीच मात्र खेल्ने प्रशिक्षक थापाले जानकारी दिए ।

छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । ६ टिम भने छनोट भइसकेका छन् । जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन् ।

 

विशेष