मुख्य समाचार

बिर्तामोडमा गोली चल्दा एकको मृत्यु, सशस्त्रका एसपी पनि घाइते

बिर्तामोडमा गोली चल्दा एकको मृत्यु, सशस्त्रका एसपी पनि घाइते

झापा । बिर्तामोडमा शुक्रबार प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले गोली चलाएको हो । गोली लागेर अर्जुनधारा नगरपालिका ११ का नरेश थापाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

स्थानीय लक्ष्मण शिवाकोटीको मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा विहानैबाट प्रदर्शन सुरु भएको थियो । सो क्रममा प्रदर्शनकारी नियन्त्रण बाहिर जान लागेको भन्दै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको थियो । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी चौकीमा तोडफोड तथा अगजनी गरेपछि प्रहरीले गोली चलाएको हो । प्रदर्शनकारीको आक्रमणबाट सशस्त्र प्रहरीका एसपी समेत घाइते भएका छन् ।

विशेष