प्रवास

कतारले कामदारको न्यूनतम तलब तोक्ने

कतारले कामदारको न्यूनतम तलब तोक्ने


काठमाडौं । नेपाली कामदारको प्रमुख गन्तव्य रहेको कतार सरकार आप्रवासी कामदारहरुको न्यूनतम तल तोक्न तयार भएको छ। कतारमा ४ लाख भन्दा वढी नेपाली कार्यरत छन् ।

कतारको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आप्रबासी कामदारको न्यूनतम तलब तोक्ने निर्णय गरेको हो। न्यूनतम तलब तोक्ने निर्णय नेपाली कामदारका लागि निकै महत्वपूर्ण पक्ष हो । कतार सरकारले यो निर्णयलार्य यथाशक्य छिटो कार्यान्वयन गर्ने हामीलाई जानकारी दिइएको छ, कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने ।

यो निर्णय कार्यान्वयनमा आउनासाथ नेपाली कामदारले प्रमुख रुपमा भोग्दै आएको दोहोरो करारपत्र बोकाउने समस्या हट्ने राजदूत कोइरालाले बताए। कतारले रोजगारदाता र कामदारबीच सहमति भएको तलबलाई मात्रै कार्यान्वयन गर्दा नेपाले निर्धारण गरेको न्यूनतम तलब लागू भएको छैन। पछिल्लो पटक नेपालले ६ बर्षअघि सामान्य कामदारको न्यूनतम तलब खानासहित १२ सय रियाल (झण्डै ३६ हजार रुपैयाँ) निर्धारण गरेको थियो ।

तर बैदेशिक रोजगार व्यवसायीसँगको मिलेमतोमा कतारका कम्पनीहरुले १२ सय रियाल दिने सर्तमा श्रमस्वीकृति गराउने र कतारमा पुगेपछि ७ सय वा ८ सय रियाल दिने गरेका छन् ।

कान्तिपुर 

 

विशेष