स्वास्थ्य

यस्तो दुर्लभ रगत जो संसारमा जम्मा ४३ जनामा मात्र छ

यस्तो दुर्लभ रगत जो संसारमा जम्मा ४३ जनामा मात्र छ

 

लन्डन । सामान्यतया मानिसको रक्त समूह ब्लड ग्रुपका बारेमा चर्चा गर्दा ‘ए’, ‘बी’ र ‘ओ’ कै नाम लिइन्छ । यिनै वर्गका पोजेटिभ र नेगेटिभ रक्त समूहमा मानिसको रगत वर्गीकरण गरिएको हुन्छ ।

तर विश्वमा अर्को रक्त समूह पनि छ, जसको बारेमा निकै कमलाई मात्र जानकारी हुन सक्छ । ५६ वर्ष यता गरिएको अध्ययनमा उक्त रक्त समूहका मानिस विश्वमै जम्मा ४३ जनामात्र फेला परेका छन् ।

RH–null नाम गरेको सो ब्लड ग्रुपलाई ‘गोल्डेन’ पनि भनिन्छ । यो ब्लड ग्रुपका मानिसले जुनसूकै ब्लड ग्रुप भएका मानिसलाई रक्तदान गर्न सक्छन् । अर्थात्, यो ब्लड ग्रुप जुनसूकै मानिसका लागि उपयोगी हुन्छ तर यो ग्रुपका मानिसलाई भने अन्य ब्लड ग्रुप काम लाग्दैन ।

त्यसैले पनि यो रक्त समूहका मानिसले जीवनमा निकै सावधानी अपनाउनु पर्छ । 

विशेष