मनोरञ्जन

रेखाको ‘रुद्रप्रिया’ फ्लप, लगातार तेस्रो फिल्मबाट रेखालाई निराशा

रेखाको ‘रुद्रप्रिया’ फ्लप, लगातार तेस्रो फिल्मबाट रेखालाई निराशा

काठमाडौं । कुनै समय नायिका रेखा थापाको नामले मात्र फिल्म सुपरहिट हुन्थ्यो । एक अंगे्रज दार्शनिकले भनेका पनि छन्, ‘समयले हरेक मानिसलाई कहिले सबै थोक दिएर परीक्षा लिन्छ त कहिले केही पनि नदिएर ।’ सायद यो भनाइले अहिले रेखाको जीवनमा ठ्याक्कै मेल खाएको छ । एक पछि अर्को गर्दै फिल्म फ्लप भएपछि रेखाको स्टारडम खस्किदो देखिएको छ ।

केही समयअघि ‘पलाँस’ र ‘डायरी’ गरि रेखाका दुइवटा फिल्म प्रदर्शनमा आए । तर यी दुवै फिल्म बक्स अफीसमा कमजोर साबित भए । यही वर्ष कात्तिक २ गते अर्थात लक्ष्मी पूजाको अवसर पारेर रिलिज भएको फिल्म ‘रुद्रप्रिया’ ले पनि खासै लक्ष्मी भित्र्याउन भने सकेन । आठ वर्षपछि रेखा र आर्यनको मिलन गराएको उक्त फिल्म प्रतिक्षित मानिएको थियो । उनीहरुको पूनः मिलन हुनुले पनि फिल्मको प्रचारमा राम्रै सहयोग पुगेको थियो । तर, त्यसले दर्शकलाई हलसम्म भने तान्न सकेन ।

रेखा आफ्नै ब्यानरबाट बनेको फिल्म चल्छ भनेर आफू पूर्ण रुपमा विश्वस्त भएको बताउँदै आएकी थिइन् । तर, यो फिल्म पनि सफल नभएपछि के रेखाको स्टारडम खस्केकै हो त ?

विशेष