त्रिसूली बस दुर्घटना : १४ जनाको शव फेला, डुबेको बस क्रेनबाट निकालिँदै
काठमाडौं । राजविराजबाट काठमाडौं आउँदै गरेको रात्रिबस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको ना६ख १४६७ नम्बरको सो बसबाट यो समाचार तयार पार्दासम्म १४ जनाको शव निकालिसकिएको छ । उद्दारका लागि खटिएका गोताखोरले ५ महिला, २ नाबालक र ७ पुरुषको शव निकालेको हो ।
सो बसमा कति यात्रु थिए भन्ने अझै पुष्टि हुन सकेको छैन । प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको सो बसले हेटौंडामा आएर पल्टी गरेको थियो । सो बसको छतमा समेत खचाखच यात्रु रहेको घाइते यात्रु बताउँछन् । बसमा ५० जना भन्दा बढी यात्रु सवार रहेको यात्रुको दाबी छ । अहिले क्रेनले बस तानेर बाहिर निकाल्ने प्रयास भइरहेको छ ।