मनोरञ्जन

यसरी प्रेम सुरु भएको थियो अनुष्का र विराटबीच, डिसेम्बरमा विवाह पक्का

यसरी प्रेम सुरु भएको थियो अनुष्का र विराटबीच, डिसेम्बरमा विवाह पक्का

एजेन्सी । केही दिनअघि बलिउड अभिनेत्री अनुष्का र क्रिकेटर विराट कोहलीले विवाह गर्न लागेको खबर सञ्चारमाध्यममा छाएको थियो । हालै भारतको एक लिडिङ वेबसाइटले जनाएअनुसार अनुष्का र विराटको विवाह यही डिसेम्बरमा हुने पक्का भएको छ ।

उक्त सञ्चारमाध्यमले जनाएअनुसार, अनुष्का र विराट दुवैले विवाहको तयारी सुरु गरिसकेका छन् । सन् २०१६ डिसेम्बरमा अनुष्का र विराट दुवैले एकअर्काका परिवारसँग भेट गरेका थिए । त्यसपछि यी दुईले गोप्य सेरेमनीमा इन्गेजमेन्ट गरेकोसमेत खबर आएको थियो ।

डिसेम्बरमा विवाहको तयारीका लागि विराटले बोर्डसँग बिदा पनि मागिसकेको जनाइएको छ । उनीहरुबीच प्रेम सम्बन्ध सन् २०१३ मा एक स्याम्पुको सुटिङबाट सुरु भएको थियो ।

 

anushka and virat

विशेष