खेल

विश्वकपको २०१८ को पुरस्कार राशी ४० करोड अमेरिकी डलर

विश्वकपको २०१८ को पुरस्कार राशी ४० करोड अमेरिकी डलर

सन् २०१८ मा हुने विश्वकप फुटबलको पुरस्कार राशी अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले ४० करोड अमेरिकी डलर पुर्याएको छ ।

फिफाले शुक्रबार भारतको कलकत्तामा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । तीन वर्षअघि ब्राजिलमा भएको विश्वकपमा ३५ करोड ८० लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो ।

विश्वकप फुटबलको सञ्चालक समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धी कानूनलाई शुक्रबार अनुमोदन गरेको छ ।

त्यसैगरी परिषद्ले फिफाका आगामी वर्ष संयुक्त अरब इमिरेट्समा हुने क्लब विश्वकप, सन् २०१९ मा फ्रान्समा हुने महिलातर्फको विश्वकप लगायतको केही प्रतियोगिताहरूको मिति समेत तोकेको छ ।

सन् २०१८ को क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म हुनेछ भने महिलातर्फको विश्वकप सन् २०१९ को जुन ७ मा सुरु भई जुलाई ७ मा सकिने छ ।

–एजेन्सी

Worldcup Football

विशेष