मनोरञ्जन

एसियाकै दोस्रो महंगो फिल्म बन्यो रजनीकान्तको ‘२.०’

एसियाकै दोस्रो महंगो फिल्म बन्यो रजनीकान्तको ‘२.०’

मुम्बई । दुबईको बुर्ज पार्कमा भारतकै पहिलो र एसियाकै दोस्रो महंगो फिल्म ‘२.०’को गीत लन्च भएको छ । उक्त समारोहमा मात्र निर्माण टोलीले १५ करोड रुपैयाँ खर्च गरेको छ । समारोहमा दक्षिण भारतका सुपरस्टार रजनीकान्त, बलिउड अभिनेता अक्षय कुमार, एमी ज्याक्सन, ए आर रहमान, राण डगगुबती र करण जोहरको उपस्थिति रहेको थियो ।

समारोहमा गायक ए आर रहमान र तमन्ना भाटियाले आ आफ्नो प्रस्तुति दिएका थिए । उक्त ग्राण्ड म्युजिक लन्चमा सहभागी हुन पुगेका दर्शकले भीआईपी टेबल ६ — ६ लाख रुपैयाँमा बुक गरेका थिए ।

यस फिल्ममा दक्षिण भारतका सुपरस्टार रजनीकान्त, एमी ज्याक्सन र अक्षय कुमारको मुख्य भूमिका रहेको छ । पूरै फिल्मलाई ‘३ डी’ क्यामराबाट सुटिङ गरिएको हो र फिल्म ‘३ डी’मा नै रिलिज हुन्छ । फिल्ममा पात्रहरुल लगाएका लुगा हलिउडका चर्चित डिजाइनर रोर रोड्रिजले गरेका हुन् । जसले हलिउड फिल्म ‘सुपरगर्ल’, ‘डेयरडेविल’ जस्ता फिल्ममा सिग्नेचर कस्ट्युम डिजाइन गरेका थिए ।

फिल्म ‘२.०’ ले अहिलेसम्म आफैमा धेरै रेकर्ड बनाइसकेको छ । यो भारतकै पहिलो फिल्मको जसको म्युजिक नै दुबईको बुर्ज पार्कमा लन्च गरियो । दुबईको शपिङ मलमा लगभग दुई करोडको एलइडी स्क्रीनमा गीत लाइभ देखाइएको थियो । फिल्म ४५० करोडको लगानीमा बनेको बताइएको छ । यो फिल्म भारतकै पहिलो फिल्म हो जसको प्रचारको लागिमात्र ६० करोडको जेट खर्च हुने बताइएको छ । यो भन्दा पहिलो शाहरुख खान अभिनित फिल्म ‘रा वान’ ले प्रचारमा सबभन्दा रकम खर्च गरेको थियो ।

हालै प्रदर्शनमा आएको फिल्म ‘सिक्रेट सुपरस्टार’ कुल ५० करोडको बजेटमा बनेको थियो । यसभन्दा बढि त ‘२.०’ को प्रचारमै खर्च हुने बताइएको छ । हालै रिलिजको तयारीमा रहेको चिनीयाँ फिल्म ‘असुरा’ एसियाकै सबभन्दा महंगो फिल्म हो । यस फिल्मको बजेट लगभग ६ सय ८० करोड रहेको छ । ‘असुरा’ बौद्ध कथामा आभारित एक काल्पनिक फिल्म हो ।

 

rajnikant

विशेष