मनोरञ्जन

फिल्मको सेटमा चिया समोशा बेच्ने रणवीर बने तीन सय करोडका मालिक

फिल्मको सेटमा चिया समोशा बेच्ने रणवीर बने तीन सय करोडका मालिक


एजेन्सी । डिसेम्बरमा रिलिज हुन गइरहेको फिल्म ‘पद्मावती’ मा अभिनेता रणवीर सिंहको लुक्स र अभिनयको चौतर्फी तारिफ भइरहेको छ ।  कुनै समय फिल्मको सेटमा पैसा कमाउनको लागि चिया र समोशा बेचेर बस्ने रणवीर अहिले तीन सय करोड सम्पत्तीका मालिक छन् ।

रणवीर कारको निकै सौखिन छन् । उनले यही वर्ष आफ्नो जन्मदिनमा ४ करोडको कार किनेका थिए । यो भन्दा पहिला उनले १२ करोड पर्ने बुगाटी पनि किनेका थिए । मर्सिडिज, बेन्जले, रेन्ज रोभर र अडी गरेर उनीसँग दशवटा हाइ लग्जरी गाडी छन् ।

यसवाहेक फिटनेसको मामलामा पनि उनी अगाडि छन् । सही खाना, सही मात्रामा निन्द्रा र कडा मेहनत नै रणवीरका फिटनेस मन्त्र हुन् । उनी अलग अलग फिल्मको लागि भिन्ना भिन्नै डाइट तय गर्ने गर्छन् ।

 

विशेष