मनोरञ्जन

विद्या बालन भन्छिन्, स्कुल हो र फिल्महलमा राष्ट्रगान गाउने

विद्या बालन भन्छिन्, स्कुल हो र फिल्महलमा राष्ट्रगान गाउने


काठमाडौं । बलिउड अभिनेत्री विद्या बालनले फिल्म हलमा राष्ट्रगान बजाउने नियम वाहियात भएको बताएकी छन् ।

भारतीय अदालतले शनिबार यस्तो फैसला सुनाएपछि उनले देशभक्तिको भावना जबरजस्ती थोपर्न नमिल्ने प्रतिक्रिया दिइन् । ‘फिल्म देखाउनुअघि राष्ट्रगान बजाउनुपर्छ जस्तो लाग्दैन,’ उनले भनेकी छन्, ‘त्यहाँ हामी स्कुल पढ्न गएजस्तो होइन, जहाँ दिनको सुरुवात राष्ट्रगानबाट होस् ।’

सेन्ट्रल बोर्ड फर फिल्म सर्टिफिकेसन (सीबीएफसी) की सदस्यसमेत रहेकी विद्याले बोर्डमा जोडिँदा केही राम्रो परिवर्तन गर्न पाइएला कि भन्ने सोचेको बताएकी थिइन् । तर, त्यस्तो केही नभएकोमा दुस्ख व्यक्त गरेकी छन् । ‘सेन्सर बोर्डबारे पहिले अर्कै विचारधारा थियो,’ उनले भनेकी छन्, ‘जब मलाई बोर्डमा रहन आग्रह गरियो मैले परिवर्तनका लागि राम्रो अवसर हुन्छ भन्ने ठानेकी थिएँ । परिवर्तनका लागि पहल नगरेसम्म कुनै चिजको आलोचना गर्न मिल्दैन थियो ।’

विद्याले आफू राष्ट्रभक्त भएको र देशको लागि कुनै पनि हदसम्म जान सक्ने बताएकी छन् । तर, यसको अर्थ राष्ट्रगान बजेको छ भन्दैमा आफू जुनसुकै ठाउँ वा अवस्थामा हुँदा पनि जुरुक्कै उठ्नुपर्छ भन्नेमा उनी विश्वास गर्दिनन् । ‘मेरो के मान्यता छ भने फिल्म हलमा राष्ट्रगान बजाउन आवश्यक नै छैन,’ उनले भनेकी छन्, ‘जबरजस्ती गर्दैमा कोही पनि राष्ट्रभक्त हुँदैन ।

विशेष