मनोरञ्जन

यीनै हुन् भारतीका दुलाहा, ३ डिसेम्बरमा विवाह गर्दै

यीनै हुन् भारतीका दुलाहा, ३ डिसेम्बरमा विवाह गर्दै

मुम्बई । भारतीय कमेडियन भारती सिंहले आफूभन्दा ७ वर्ष कान्छो केटासँग विवाह गर्ने भएकी छिन् । ३३ वर्षीय भारतीले ३ डिसेम्बरमा गोवामा विवाह गर्ने खबर सार्वजनिक गरेकी छिन् । उनी हर्ष लिबचियासँग विवाह गर्दैछिन् ।

भारतीले इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेकी हुन् । उनीहरु बीच विवाह हुने निधो भए पनि तिथी सार्वजनिक भएको थिएन् । भारतीले इन्स्टाग्राममा ठट्टा गर्दै लेखेकी छिन्, ‘उहाँले मेरो मुटु चोर्नु भयो । ३ डिसेम्बरमा म उहाँको थर चोर्दैछु ।’

विवाह पछि यो जोडी युरोपमा हनिमुनका लागि जाने बताइएको छ । भारतीले विवाहका लागि सपिङ गर्न पनि सुरु गरिसकेकी छिन् । भारतीले कुरा छिने पछि हर्षलाई अमृतसरस्थित आफ्नो घर पनि लिएर गएकी थिइन् । उनीहरुले अमृतसरको स्वर्ण मन्दिरमा खिचेको तस्बिर पनि सार्वजनिक गरेका छन् ।

हर्ष स्क्रिप्ट राइटर हुन्। दुबै ८ वर्षदेखि डेट गरिरहेका थिए। यसै वर्ष जुनमा ‘झलक दिखला जा’ बाट बाहिरिए पछि दुबैले कुरा छिनेका थिए।

विशेष