मनोरञ्जन

तरकारीवाली कुसुम बनिन लम्फूकी नायिका

तरकारीवाली कुसुम बनिन लम्फूकी नायिका

काठमाडौं । ठिक एक बर्ष अगाडी एकाएक भाईरल बनेर विश्वभर चर्चामा आएकी कुसुम श्रेष्ठ उर्फ तरकारीवालीले नेपाली चलचित्र ’लम्फू’मा अभिनय गरेको बताएकी छिन् ।

गोपालचन्द्र लामिछाने निर्दे्शित यो चलचित्रमा अभिनय गरेबापत प्राप्त पारिश्रमिक कुसुमले अनाथ बालबालिकाको लागी खर्च गरेकी छिन् । यसै बर्ष रिलिज हुने ’लम्फू’मा उनले कस्तो भूमिकामा अभिनय गरेकी हुन् त्यो भने अहिले खुलाएकी छैनन् । ’तपाईँहरु र दर्शकले हलमा गएपछि नै मेरो भूमिकाबारे प्रष्ट हुनुहुनेछ, म अहिले नै सबैकुरा खुलाउन चाहन्न’ कुसुमले भनिन् ।

यो चलचित्रको छायांकन अघिल्लो बर्ष नै भएको थियो तर पनि तरकारीवालीको अभिनयको बारेमा भने गोप्य राखिएको थियो । अब चलचित्र रिलीज हुने समय आएकोले आफुले आफ्नो अभिनय रहेको खुलाएको कुसुमले बताईन् । उनले चलचित्रमा अभिनय गरेबापत आफुले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएको बताइन् । ’म जुन समाजमा हुर्के, बढेँ यहि समाजले आज मलाई तरकारीवालीको रुपमा विश्वभर चिनाएको हो ।'

Kusum Shrestha

विशेष