मकाउमा नेपाललाई ५ स्वर्ण, २ रजत र १ कास्य

मकाउमा जारी मकाउ खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०१७ मा नेपालले ५ स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।
टोली नेता एवं राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीका अनुसार सुक्र बहादुर बि.क.ले ६३ केजी तौल समूहमा स्वर्ण हात पारे । यस्तै अन्य स्वर्ण दिलाउनेमा ४९ केजीमा विनिता घिमिरे, ५१ केजीमा करण कोईराला, ४५ केजीमा मदन बि.क. र ६८ केजीमा संजय पुन रहेका छन् ।
यस्तै नेपाललाई पदक जोड्ने क्रममा ५३ केजीमा सुनिता तामाङ्ग र ५८ केजीमा विकास गौतमले रजत तथा ५४ केजीम रोशन नेपालीले कास्य पदक जोडेको नेता कार्कीले मकाउबाट जानकारी गराए ।
नेपाली टोलीको प्रशिक्षकमा वरिष्ठ प्रशिक्षक ध्रुव गुरुङ्ग, टोली व्यवस्थापकमा हरिबहादुर थापा रहेका छन् ।
Taekwondo nepal