Technology

स्मार्ट टेलिकमद्वारा फोरजी सेवा सुरु

स्मार्ट टेलिकमद्वारा फोरजी सेवा सुरु

काठमाडौं । स्मार्ट टेलिकमले पनि चौथो पुस्ताको प्रविधि फोर–जीरएलटिईमा आधारित सेवा सुरु गरेको छ । कम्पनीले आइतबारबाट नै लागू हुनेगरी फोर–जी सेवा सुरु गरेको हो ।

कम्पनीले पहिलो चरणमा पोखरा र काठमाडौं उपत्यकामा उक्त सेवा उपलब्ध गराउने र क्रमशः देशका अन्य शहरहरुमा सेवा विस्तार गर्दै लैजाने जनाएको छ ।

कम्पनीका अनुसार फोरजी सञ्चालनको लागि सम्पूर्ण तयारी पुरा भएको भएपनि प्राविधिक विषय भएकोले पहिले केही समय परिक्षणका लागि सञ्चालन गर्ने र परिक्षणका क्रममा देखिएका कमी कमजोरीलाई सुधार गरेर अर्को महिना व्यापक विस्तार गर्ने कम्पनीले जनाएको छ ।

नयाँ सेवा सञ्चालन गरेको अवसरमा स्मार्ट टेलिकमले सार्वजानिक गरेको फोरजी सेवा मार्फत ग्राहकले प्रतिसेकेण्ड एक पैसामा कल गर्न सक्नेछन् । त्यस्तै एक महिनाका लागि भाइबर र ह्वाट्स एपमा निशुल्क कल गर्न सकिनेछ ।

त्यसैगरी १ जिबी डाटा २३५ रुपैयाँमा ३० दिनसम्म प्राप्त गर्न सकिनेछ र १४५ रुपैयाँमा ७५० एमबी डाटा १५ दिनसम्म प्रयोग गर्न सकिने स्मार्टले टेलिकमले जनाएको छ ।

विशेष